
काठमाडौं, असोज ५ :
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्युयोर्क पुग्नुभएको छ ।
परराष्ट्र मन्त्री खनाललाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारी लगायत नियोगका कर्मचारीले स्वागत गरेका थिए ।
मन्त्री खनालले नेपालले आयोजना गर्ने ‘एभरेष्ट टु द सी’ साइडलाइन बैठकको नेतृत्व गर्नेछ । उनले विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री खनालका साथ परराष्ट्र सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकाल लगायत छन् ।