बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद भलिबल

एसियाली खेलकुद : महिला भलिबलमा नेपाल हङ्कङसँग पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ असोज, २०८३ मा प्रकाशित
एसियाली खेलकुद : महिला भलिबलमा नेपाल हङ्कङसँग पराजित
काठमाडौं, असोज ५ :

 जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।

हङकङले नेपालमाथि पहिलो सेटमा २५-२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५-१९ ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८-२६ को जित निकाल्यो । अब नेपालले ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल भोलि हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार