शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

भृकुटीमण्डप पुस्तकालयको ताला परिषद्ले आफैं खोल्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० साउन, २०८३ मा प्रकाशित
भृकुटीमण्डप पुस्तकालयको ताला परिषद्ले आफैं खोल्यो
काठमाडौं, साउन २० :

समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटीमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ ।

बक्यौता नबुझाएपछि तालाबन्दी गरेको १ सय १४ औं दिनमा परिषद् आफैले उक्त पुस्तकालयको ताला खोलेको हो । ताला खोलेपनि पाठनपाठनका लागि सोमबारदेखि मात्रै खुला हुने परिषद्ले जनाएको छ ।

पुस्कालयको ताला खोल्न चौतर्फी दबाब आएपछि परिषद्का पदाधिकारीहरुले बुधबार ताला खोलेका हुन् । तर साँचो परिषद्ले आफै राख्ने जनाएपछि पाठकहरुले विरोध जनाएका थिए । उनीहरुले पुस्तकालयको साँचो सञ्चालक समिति वा पाठकहरुलाई नै दिन माग गरेका थिए । त्यसपछि परिषद्, पुस्तकालयका प्रतिनिधि र पाठकबीच सहमति गरिएको थियो ।

सहमति अनुसार पुरस्कालय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल गर्ने र सोमबारदेखि पूर्ण रुपमा पाठनपाठनका लागि खुला गरिने समाज कल्याण परिषद् व्यवस्थापन कार्यालय प्रमुख खगनाथ रेग्मीले जानकारी दिए ।

पुस्तकालयको तालाचाबी अहिले पुस्तकालय प्रशासनमा नै रहने गर्ने र पुस्तकालय सञ्चालनको मोडालिटीका बारेमा परिषद र पुस्तकालय कार्यसमिति बसेर छलफल गरी उचित निकास निकाल्ने सहमति भएको उहाले बताउनुभयो । बक्यौता रकम नतिरेको भन्दै परिषद्ले २०८२ साल चैत ३० गते पुस्तकालयमा तालाबन्दी गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार