जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक र आर्थिक लोकतन्त्र स्थापित नभएसम्म राजनीतिक लोकतन्त्रको कुनै अर्थ, भविष्य वा स्थायित्व नहुने बताएका छन् ।
सोमबार काठमाडौंमा डा रेखा यादवद्वारा लिखित निर्झरको प्रश्न कथाकृतिको लोकार्पण गर्दै अध्यक्ष यादवले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सबैभन्दा पहिले जनताको सामाजिक चेतनामा परिवर्तन ल्याउनु अनिवार्य हुने समेत बताए । उनले समाजलाई जागृत बनाउने, सोच्न बाध्य पार्ने र रूपान्तरणको दिशा दिने सबैभन्दा शक्तिशाली अस्त्र साहित्य नै भएको धारणा राखे । अहिले पनि शिक्षाबाट वञ्चित अवस्था, छोरा र छोरीबीचको असमान व्यवहार, रुढीवादिता, अज्ञानता र गरिबी/विपन्नता अझै समाजमा गहिरोसँग जरा गाडेर बसेको उल्लेख गरे ।
अध्यक्ष यादवले नेपालमा विभेद, असमानता, विपन्नता र अन्याय भोगिरहेका पिछडिएका समुदायलाई न्याय दिलाउन र समाजलाई सही दिशा दिन साहित्यिक क्षेत्रबाट अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’