बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री #टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री
खेलकुद क्रिकेट

चारदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल-नामिबिया प्रतिस्पर्धा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
चारदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल-नामिबिया प्रतिस्पर्धा
तस्बिर : क्यान ।
काठमाडौं, फागुन २४ :

युगान्डामा सञ्चालन हुने चारदेशीय महिला टी-२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा भोलि (शनिबार) हुने खेल नेपाली समयअनुसार अपराह्न ४:४५ बजे हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो । उक्त शृंखलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।

सिरिजमा सबै टोलीले एक-अर्कासँग सामान दुई/दुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्नेछ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छ्न् ।

नेपाली टोलिका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने युगान्डा जानुअघि बताएका थिए । त्यस्तै, नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले उक्त शृङ्खलामा राम्रो खेल खेलेर फर्कने बताएकी छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार