बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार

भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता, विवरण स्वीकृत

सक्रिय न्युज · ३३ मिनेट अगाडि प्रकाशित
भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता, विवरण स्वीकृत
काठमाडौं, कात्तिक १९ :

गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि बेपत्ता काभ्रेपलाञ्चोकका ३५ नागरिकको आधिकारिक विवरण स्वीकृत गरिएको छ ।

काभ्रेपलाञ्चोक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जिल्लास्थित स्थानीय तहबाट सिफारिस भई आएका विवरणलाई विपद् ऐनअन्तर्गत अन्तिम रूप दिएको हो ।

प्रक्रिया स्वीकृत गरिएका ३५ जना बेपत्ता नागरिकको विवरण रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकीन गर्ने प्रक्रिया बमोजिमको प्रक्रिया पूरागरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार भोटेकोशी बाढीमा परी मृत्यु तथा बेपत्ता भएका जिल्लाका नागरिकको परिवारलाई सम्बन्धित स्थानीय तहले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम यथाशीघ्र राहत उपलब्ध गराई जिल्ला प्रशासन कार्यालयमा सोधभर्ना माग गर्ने निर्णयसमेत गरिएको छ ।

भोटेकोशी बाढीबाहेक अन्य विपद्जन्य घटनामा परी बेपत्ता भएका तर मृत्युदर्ता हुन बाँकी रहेकाको हकमा वडा कार्यालयमार्फत निवेदन सङ्कलन गरी कार्यपालिकाको निर्णयसहित जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लास्थित १३ स्थानीय तहले ‘रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकीन गर्ने प्रक्रिया, २०८३’ अनुसार वडामार्फत वेपत्ता नागरिकको आधिकारिक विवरण माग गरी स्मितिमा पठाएका हुन् । यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकीन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा यही कात्तिक १८ गतेसम्म तोकेको थियो ।

यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकीन गरी उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने बताइन्छ । नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाइएको हो ।

त्यसैगरी, अध्यादेश र विशेष प्रक्रियाअनुसार स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ भित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्ने समयसीमा तोकिएको थियो ।

विभिन्न काम एवं भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानुनी अवस्था यकीन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गरिएको प्रजिअ अधिकारीको भनाइ छ ।

काभ्रेपलाञ्चोक प्रशासनको गत असोज २७ गतेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । कार्यालयका अनुसार बाढीमा परी चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार