बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली #युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली
राजनीति

आईजीपीमा पुर्नबहालीको माग गर्दै कार्की सर्वोच्च पुगे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५० मिनेट अगाडि प्रकाशित
आईजीपीमा पुर्नबहालीको माग गर्दै कार्की सर्वोच्च पुगे
काठमाडौं, कात्तिक १९ :

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा निरन्तरताको माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।

सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उनको स्थानमा एआईजी डा.मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएपछि उक्त निर्णय बदर गर्न माग गर्दै कार्की सर्वोच्च पुगेका हुन्। कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो।

कार्की निकट कानुन व्यवसायीका अनुसार रिट निवेदनमा आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै पुनः आईजीपी पदमा बहाली गर्न माग गरिएको छ। सरकारले केसीलाई आईजीपी नियुक्त गरेपछि बुधबार नै उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार