बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त #भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त
खेलकुद

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ कात्तिक, २०८३ मा प्रकाशित
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
फाइल तस्वीर ।
बैङ्कक, कात्तिक ८ :

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन् ।

बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन् । उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रसिया, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो ।

वैभवी असोज दोस्रो सातादेखि बैङ्ककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी छिन् । वैभवीलाई बैङ्ककस्थित अल स्टार तेक्वान्दो एकेडमीले अनुबन्ध गरेसँगै उनले यसै एकेडेमीबाट उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन् । वैभवीलाई हालै मात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता पनि प्रदान गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार