कांग्रेस महामन्त्री डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरूपयोग कसरी भै रहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन छाडातन्त्र हावी भएका उदाहरणहरु देखिन थालेको उल्लेख गरेकि छिन् । हेक्का रहोस् लोकतन्त्रको सतत पहरेदार नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको छ, तर सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ उनले लेखेकि छिन् ।
प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोनलाई फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब जवाफ दिनु पर्ने पालो सत्ता र सत्तारुढ दलको हो । कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ? उनले सामाजिक संजालमा उल्लेख गरेकी छिन् ।