बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की #हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की
राजनीति

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायो

कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायो
फाइल तस्वीर ।
काठमाडौं, कात्तिक १८ :

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई पदबाट हटाउँदै केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी सल्लाह, सुझाव र परामर्श दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गर्ने निर्णय गर्दै उक्त विशेष सुरक्षा सल्लाहकार पदमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

उनले दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारको संवेदनशील जिम्मेवारी दिँदा रिक्त हुने आईजीपी पदमा एआईजी केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम कार्तिक १८ गतेदेखि लागू हुने गरी बढुवा गर्ने निर्णय गरिएको बताए । उनले कार्कीलाई कुनै कारबाही गरिएको नभई जिम्मेवारीमा फेरबदल मात्र गरिएको उल्लेख गरे ।

प्रवक्ता पोखरेलले अहिलेको बदलिँदो परिस्थितिमा पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नु पर्यो भन्ने निर्देशन आएकाले पनि जिम्मेवारी फेरबदल गरिएको तर्क गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार