काठमाडौं, कात्तिक १८ :
नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । प्राधिकरणका निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिलाई दुर्घटनाको कारण अध्ययन र विश्लेषण गरी भविष्यमा यस्ता दुर्घटना पुनरावृत्ति रोक्न आवश्यक सुझाव सहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
मंगलबार फेरिचेमा एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन-एओडी’ र फिस्टेल एयरको ‘९एन-एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको थियो । घटनामा दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?