आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#झिलिमिली काठमाडौं#लक्ष्मीपूजाको साँझ#कैदी#पक्राउ#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य #झिलिमिली काठमाडौं#लक्ष्मीपूजाको साँझ#कैदी#पक्राउ#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य
राजनीति

बालेनले घर फर्कन अपिल गरेपछि जेनजीले मनाउन थाले विजय उत्सव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
बालेनले घर फर्कन अपिल गरेपछि जेनजीले मनाउन थाले विजय उत्सव
काठमाडौं, भदौ २४ :

प्रधानमन्त्रीले राजीनामा दिएपछि वर्तमान सरकारले घुँडा टेकेको भन्दै विजय उत्सव मनाउन थालेका छन् । दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाहाले पटक पटक  जेनजीलाई सार्वजनिक सम्पत्तिमा आगजनी नगर्न र घर फर्कन आग्रह गरेका थिए । सोही बमोजिम उनीहरुले तोडफोडलाई रोक्दै ठाउँठाउँमा विजय उत्सव मनाउन थालेका छन् ।

सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी प्रदर्शनकारीहरुले देशभरका प्रशासनिक निकायमा आगजनी गरी क्षति पुर्याएका छन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार