आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#झिलिमिली काठमाडौं#लक्ष्मीपूजाको साँझ#कैदी#पक्राउ#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य #झिलिमिली काठमाडौं#लक्ष्मीपूजाको साँझ#कैदी#पक्राउ#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य
राजनीति

देउवाले बोलाए मन्त्रीसहित पदाधिकारी बैठक

सरकारसँगको सम्बन्ध, कांग्रेसको भूमिका र आगामी रणनीतिबारे विशेष रुपमा छलफल हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
देउवाले बोलाए मन्त्रीसहित पदाधिकारी बैठक
काठमाडौं, साउन ८ :

केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति नेपाली कांग्रेसभित्र असन्तुष्टि बढिरहँदा सभापति शेरबहादुर देउवाले शुक्रबार (भोलि) बिहान पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।  

देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजेका लागि बैठक डाकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा कांग्रेसका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूसमेत सहभागी हुनेछन्। पछिल्लो समय कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति चर्को आलोचना हुँदै आएको छ। 

विशेषत : सरकारमा मौलाउँदो भ्रष्टाचार, कामकारबाहीमा समन्वयको अभाव, निर्णय प्रक्रियामा कांग्रेसको भूमिका कमजोर देखिनु, र गठबन्धन सहयोगी दलहरूसँग असन्तुलित सम्बन्धजस्ता विषयमा नेताहरू असन्तुष्ट छन्।

यसै सन्दर्भमा देउवाले मन्त्रीहरू समेत सहभागी हुने गरी पदाधिकारी बैठक बोलाएका हुन्।  बैठकमा सरकारसँगको सम्बन्ध, कांग्रेसको भूमिका र आगामी रणनीतिबारे विशेषगरी छलफल हुने बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार