बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति #सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति
राजनीति

बजेटका बेलामा विपक्षी दलले संसद् अवरोध नगर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
बजेटका बेलामा विपक्षी दलले संसद् अवरोध नगर्ने
काठमाडौं, जेठ १४ :

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ  १५ गते (भोलि)  संसद्मा प्रस्तुत हुँदैछ। 

यद्यपि गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै संसद् अवरोध गर्दै आएका प्रमुख विपक्षी दलहरूले बजेट प्रस्तुत गर्ने क्रममा अवरोध नगर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरी सहयोग आग्रह गरेका थिए। 

स्रोतका अनुसार प्रचण्डले बजेट आउन दिने संकेत दिएका छन्, तर संसद्का अन्य नियमित काम भने गृहमन्त्रीको राजीनामा र छानबिनपछि मात्र अघि बढ्न दिने अडानमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि बजेट प्रस्तुत गर्ने बेला अवरोध नगर्ने स्पष्ट पारेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार