शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

मैत्रीपूर्ण खेलमा सिङ्गापुरमाथी नेपाल १- ० ले विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ चैत, २०८१ मा प्रकाशित
मैत्रीपूर्ण खेलमा सिङ्गापुरमाथी नेपाल १- ० ले विजयी
काठमाडौँ, चैत ८ :

जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरुद्ध ३६ वर्षपछि जित निकालेको छ ।

सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले  सिङ्गापुरमाथी १- ० को जित निकालेको हो । 

नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले १२औँ मिनेटमा मनिष डाँगीको क्रसमा गोल गरेका हुन् । सिङ्गापुर विरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो ।

पछिल्लो पटक नेपाल र सिङ्गापुर सन् १९८९ मा आमुन्नेसामुन्ने भएका थिए । सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिङ्गापुरबीच दुई खेल भएको थियो । जसमा पहिलो खेलमा नेपाल ७- ० र दोस्रो खेलमा ३- ० ले पराजित भएको थियो ।

नेपालले पहिलो पटक १९८२ को किङ्ग्स कपमा सिङ्गापुरसँग पहिलो पटक खेलेको थियो । त्यतिबेला नेपाल २- ० ले पराजित भयो। त्यसपछि सन् १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिङ्गापुलाई  गोलरहित बराबरीमा रोकेको थियो ।

योसँगै एएफसी एसियन कप छनोट २०२७ खेल्न नेपाल मलेसिया  प्रस्थान गर्नेछ । मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार