शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ फागुन २३ गतेको राशिफल

· शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
२०८१ फागुन २३ गतेको राशिफल
काठमाडौँ, फागुन २४ :

 

मेष : बिहान उठेर सरस्वतीको वन्दना गर्नु राम्रो हुनेछ । प्रशंसा बढ्ने दिन भएकाले मन प्रफुल्लित हुनेछ ।

वृष : कार्यक्षेत्रमा सहयोग मिल्नेछ । ठूला व्यक्तिसँग सल्लाह लिएर गरेको काममा सफलता मिल्नेछ ।

मिथुन : सोचेका काम बन्नेछन् । गणेश भगवानको पूजा गर्नु फलदायी हुनेछ । स्वदेशमा लगानीका अवसर मिल्नेछ ।

कर्कट : आज तपाईंको दिन सामान्य रहेको छ । सन्तान सुख मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । 

सिंह : स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा मिल्नेछ । सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछन् । 

कन्या : आजको दिन कम बोल्नु उचित हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ । मिठो भोजन मिल्ने योग छ । 

तुला : सानातिना कुराले मनमा खटपटी आउने छ । बढी तर्क नगर्नुहोला । पारिवारिक सम्बन्ध भने सहज रहनेछ ।

वृश्चिक : सानातिना कुराबाट मनमा खिन्नता बढ्नेछ । थोरै बोल्नु उचित हुनेछ । परिवारमा सबै कुरा खोल्दा धोका हुनसक्छ ।

धनु : आज सम्पत्ति जम्मा गर्ने दिन छ । थोरै लगानी गरेपनि व्यापारमा फाइदा हुनेछ । आजको यात्रा छोटो र सहजपूर्ण हुनेछ ।

मकर : स्वास्थ्यले साथ दिने छ । परिवारको सहयोग मिल्नेछ। गणेश भगवानको सम्झना गरे दिन सहज बन्नेछ ।

कुम्भ :  बिहान पिपलमा पानी चढाँउनुहोला । मनमा प्रसन्नता हुनेछ । नयाँ काम मिल्नेछ । उपहार पाइने दिन छ ।

मीन : राम्रा काम गर्ने मौका मिल्नेछ । परिवारमा भने तपाईंको साथ सहयोग मिल्नेछ । घुमघामको योजना बन्ने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार