शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
समाचार प्रदेश कोसी प्रदेश

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ११ मिनेट अगाडि प्रकाशित
झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट
झापा, कात्तिक २० :

सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब रु २३ लाख ५९ हजार बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याएका पटका तथा आतिसबाजीजन्य सामग्री विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएको थियो । बरामद सामग्री आज गण परिसरमा खाल्डो खनी नष्ट गरिएको उनले जानकारी दिए ।

चाडपर्वका समयमा यस्ता विष्फोटक पदार्थको प्रयोगबाट आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति तथा ध्वनि र वातावरणीय प्रदूषण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणलाई प्राथमिकतामा राखिएको कर्माचार्यले बताए ।

पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता सामग्री प्रयोग नगर्न उनले जिल्लावासीलाई आग्रह गरे । 

बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो । यसअघि कात्तिक १० गते पनि सशस्त्र प्रहरीले रु तीन लाख १६ हजार ५९० बराबरका पटका बरामद गरी नष्ट गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार