जनकपुर, कात्तिक २० :
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ।
नेकपाका चार मन्त्रीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार थप संकटमा परेको छ। यसअघि नेकपा एमालेले पनि समर्थन फिर्ता लिइसकेको छ।
नेकपाका नेता जबहर कुशवाहाले प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्। उनले पार्टीका तर्फबाट सरकारमा सहभागी चारै जना मन्त्रीको राजीनामापत्रसमेत प्रदेश प्रमुखलाई बुझाएका छन्।