शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

मेयर बालेन शाहले गुरागाईंलाई हाजिर गराउन किन मानेनन्?

निमित्तलाई आर्थिक अधिकार दिन माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ फागुन, २०८१ मा प्रकाशित
मेयर बालेन शाहले गुरागाईंलाई हाजिर गराउन किन मानेनन्?
काठमाडौं, फागुन २३ :

काठमाडौं महानगरपालिकाले निमित्तलाई आर्थिक अधिकार दिन माग गरेको छ ।  प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भन्दै महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

गुरागाईंलाई हाजिर गराएमा महानगरका विभिन्न परियोजना र कार्यहरूमा नकारात्मक प्रभाव तथा कानुनी झण्झट पर्ने  महानगरको पत्रमा उल्लेख छ ।   त्यतिञ्जेलका लागि निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन माग गरिएको हो ।

गुरागाईंलाई काम गर्न दिन काठमाडौं महानगरलाई संघीय मामिला मन्त्रालयको अनुरोध

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई काम गर्ने वातावरण बनाइदिन भन्दै हिजो काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो । महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको थियो । गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार