शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति मधेस प्रदेश

सरकार संकटको पोको बोकेर हिँडिरहेको छ : खनाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
सरकार संकटको पोको बोकेर हिँडिरहेको छ : खनाल
फाइल तस्बिर।
धनुषा, फागुन २१ :

नेकपा (एस)का सम्मानीत नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्। धनुषामा प्रेस संगठन नेपालद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एजेन्डाका आधारमा कार्यगत एकता गर्न भने सकिने बताए। चुच्चे नक्साको कार्यान्वयन जस्ता राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्न सकिने नेता खनालको भनाइ थियो।

‘पार्टी एकीकरण तत्काल सम्भव छैन, तर कार्यगत एकता गर्न सकिन्छ,’उनले भने, ‘राष्ट्रियतामाथि खतरा छ, सबै एकत्रित भएर उभिन सकेका छैनौं। नेपालले बनाएको चुच्चे नक्सा कार्यान्वयन गर्नुपर्छ।’

उनले सरकार संकटको पोको बोकेर हिँडिरहेको आरोप पनि लगाए। सरकाले अहिले जारी गरेका अध्यादेशहरुलाई खनालले संकटको पोकोको संज्ञा दिएका छन् । अहिले अध्यादेश ल्याउनु पर्ने आवश्यकता नरहेको प्रसङ्ग उल्लेख गर्दै  सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैको विमति नहुने खनालको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार