शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

सक्रिय न्युज · १४ मिनेट अगाडि प्रकाशित
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
काठमाडौं, कात्तिक २१ :

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उपदयुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पश्चिम), तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ ।

सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ । प्राधिकरणले आज सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ ।

बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो । 
    
यस्तै बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो । बत्तीस जिल्लाबाहेकका विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र बेपत्ता विदेशी नागरिकको हकमा नियोगबाट सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ । बाढीमा पाँच हजार २८५ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्क छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार