शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे

सक्रिय न्युज · ४ घण्टा अगाडि प्रकाशित
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे
काठमाडौं, कात्तिक २१ :

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायधीश जनक पाण्डेले न्यायलयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा प्रस्तावित राजदूत पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन् ।

न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने उनको भनाइ छ ।
उनले पञ्चवर्षीय योजना आएपछि फैसला लेखन र न्यायको गुणस्तरमा सुधार गर्नुपर्ने कुरामा जोड दिँदै, न्यायाधीशहरूले फैसला गर्दा त्यसको स्तर र प्रमाणको मूल्याङ्कनमा विशेष ध्यान दिनुपर्ने बताए। उनले अदालतको अनुसन्धान, मिसिल जाँच, र पुरानै ढर्राको कार्यशैलीमा व्यापक सुधार गरी बटमदेखि टपसम्म न्याय प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे  । पाण्डेले आफ्नो कार्यसम्पादनको नियमित समीक्षा तथा मूल्याङ्कन गर्दै मुद्दा व्यवस्थापन र फैसला लेखनको समयबद्धतामा विशेष ध्यान दिने प्रतिवद्धता जनाए ।

कसैको प्रभाव र दवावमा फैसला गर्ने काम आफुबाट नभएको उल्ललेख गर्दै आगामी दिनमा पनि संस्थागत सुधारमा ध्यान दिने उल्लेख गरे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार