शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

मच्छिन्द्रले जित्यो केपी ओली कपको उपाधि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० फागुन, २०८१ मा प्रकाशित
मच्छिन्द्रले जित्यो केपी ओली कपको उपाधि
काठमाडौं, फागुन २० :

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको फाइनलमा त्रिभुवन आर्मीलाई २-० ले पराजित गर्दै मच्छिन्द्रले तेस्रोपटक उपाधि जित्दै ह्याट्रिक गरेको छ ।

प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ पाएको छ । उपविजेता त्रिभुवन आर्मीले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझायो ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाएका छन् । फाइनल खेलको प्रमुख अतिथिका रुपमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेन्ड गोलकिपर जियानलुइजी बुफन थिए । यसैगरी प्रधानमन्त्री केपी ओली पनि पत्नी राधिकासहित खेल हेर्न रंगशाला पुगेका थिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार