शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

फिफा विश्वकप विजेता गोलकिपर बफोन काठमाडौंमा

केपी ओली कपको फाइनल खेल हेर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १९ फागुन, २०८१ मा प्रकाशित
फिफा विश्वकप विजेता गोलकिपर बफोन काठमाडौंमा
काठमाडौं, फागुन १९ :

फिफा विश्वकप विजेता तथा इटालीका पूर्वकप्तान जियानलुजी बफोन नेपाल आइपुगेका छन्। उनलाई केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको फाइनल खेल हेर्नको लागि नेपाल आमन्त्रण गरिएको हो।

आयोजक राष्ट्रिय युवा संघ नेपालका अनुसार, बफोन आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

सन् २००६ को फिफा विश्वकप जितेका बफोन विश्व फुटबलका एक प्रमुख गोलकिपर हुन् र उनी १७६ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानी बनाएका छन्। बफोनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए र पाँच विश्वकप खेल्ने दुर्लभ रेकर्ड पनि राखेका छन्।

नेपालमा आएका बफोनले नेपाली जनता र संस्कृति बारे सुनाउने अवसर पाउँदा खुशी व्यक्त गरे। उनले यहाँको हिमाल र सांस्कृतिक गतिविधिका बारे पनि आफ्नो चासो देखाए।

सुरुवातमा, ब्राजिलका रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीलाई ल्याउने योजना गरिएको थियो, तर उनीहरूको अनुपस्थितिमा बफोनलाई आमन्त्रण गरिएको आयोजकले जानकारी दिएका छन्। बफोनको नेपाल आगमनले नेपालको फुटबलमा थप महत्त्वपूर्ण मोड ल्याउने अपेक्षासमेत गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार