शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रङ्गशाला अयोग्य, नेपाल एसियन कप खेल्न मलेसिया जाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १८ फागुन, २०८१ मा प्रकाशित
अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रङ्गशाला अयोग्य, नेपाल एसियन कप खेल्न मलेसिया जाने
काठमाडौँ, फागुन १८ :

नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्न अयोग्य ठहरिएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालामा फुटबल खेलाउन पुनः अयोग्य सावित गरेपछि एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत अब नेपाल मलेसियासँग खेल्न खेल मलेसिया नै जाने भएको छ । 

यसअघि नेपालले छनोटको पहिलो लिग मलेसियासँग आगामी मार्च २५ तारिख दशरथ रङ्गशालामा खेल्ने तय भएको थियो । 

दशरथ रङ्गशालाको मापदण्ड पूरा गर्न नसक्दा पहिलो लेख मलेसियाको जोहोरमा सरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले दशरथ रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मातहतमा हुँदा राखेपले एएफसीको प्रतिनिधिलाई मापदण्ड अनुसारको मैदानको कागजात दिन नसकेको बताए ।

मैदान निरीक्षणमा आएका प्रतिनिधिले अयोग्य ठानेपछि खेल खेलाउन सक्ने अवस्था नभएको तर छनोटको दोस्रो लेग नेपालमा खेलाउने प्रयास भइरहेको  प्रवक्ता शाहको भनाइ छ । 

एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ। त्यसपछि नेपालले अक्टोबर १० मा नेपाल भियतनामसँग खेल्नेछ । नेपालले अक्टोबर १५ मा भियतनामसँग दोस्रो लेग दशरथ रङ्गशालामा र नोभेम्बर १८ मलेसियासँग, मार्च ३१ मा लाओससँग दशरथ रङ्गशालामै खेल्ने तालिका छ ।

‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट खेलहरू यसअघि पनि दशरथ रङ्गशाला अयोग्य रहेको भन्दै बाहिर सञ्चालन गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार