शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

‘फोर नेसन्स कप’ को उपाधि म्यानमारले जित्यो : नेपाल उपविजेतामै सीमित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
‘फोर नेसन्स कप’ को उपाधि म्यानमारले जित्यो : नेपाल उपविजेतामै सीमित
काठमाडाैं, फागुन १५ :

नेपाल १३ औं पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो।

म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा गोल गरेको हो । म्यानमारलाई उपाधि दिलाउन यु पेर खिनेले ६२ औं मिनेटमा पहिलो गोल गरिन्। खेलको ६४ औँ मिनेटमा फ्यु फ्यु विनको फ्रिकीकमा कप्तान विन थेंगी टेनले गोल गर्दै म्यानमारको अग्रता दोब्बर पारिन्।

खेलमा नेपालले म्यानमारमाथि केही दबाब बनाए पनि गोल निकाल्न भने सकेन। नेपालले खेलमा गोल गर्ने केही अवसर सृजना गरे पनि  प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामै सीमित हुन पुगेको हो। नेपालले लिग चरणमा म्यानमारलाई २-२ को बराबरीमा रोकेको थियो।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार