शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

निषेधाज्ञा हटेपछि ताप्लेजुङको जनजीवन सामान्य बन्दै, दुवै पक्ष वार्ताको तयारीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
निषेधाज्ञा हटेपछि ताप्लेजुङको जनजीवन सामान्य बन्दै, दुवै पक्ष वार्ताको तयारीमा
फाइल तस्बिर।
ताप्लेजुङ, फागुन १५ :

ताप्लेजुङमा तीन दिनदेखिको निषेधाज्ञा हटेपछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको छ । निषेधाज्ञा हटेपछि त्यहाँ सवारी साधन नियमित रुपमा सञ्चालन भएका छन् । शिवरात्रिका अवसरमा स्थानीय शिवालयमा जान पनि भक्जनहरुलाई सहज भएको छ ।  बजार,चोक,मन्दिरमा चहलपहल बढेको छ ।

केबलकार निर्माणको विषयमा भएको विरोधले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले   लगाएको निषेधाज्ञा मंगलबार रातिदेखि हटाइएको थियो । आज त्यहाँ आन्दोलनका पनि कुनै गतिविधि भएको छैन । सरकारले बोलाएको वार्तामा जान 'नो केबलकार' समूहले चार प्रस्ताव गरेका छन् ।

त्यस प्रस्तावप्रति सरकारी पक्षले कुनै प्रतिक्रिया जनाएका त छैनन् तर वार्ताका लागि भने सरकार तयारी अवस्थामा रहेको बताइएको छ । तत्काललाई काम रोक्ने सर्त यसअघि सारेको सरकार पक्षले मन्त्रिस्तरीय वार्ता समिति बनाउने संकेत भने गरेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार