शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै
काठमाडौँ, फागुन १५ :

चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दैछन् ।

फाइनल खेल साँझ ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरु हुनेछ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ ।

नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।

प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तान सहभागी थिए । लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल खेल्न लागेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार