शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

देउवाले गरे स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनीत : विभागले पायो पूर्णता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ फागुन, २०८१ मा प्रकाशित
देउवाले गरे स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनीत : विभागले पायो पूर्णता
काठमाडौं, फागुन १३ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्थानीय तह समन्वय विभागलाई पूर्णता दिएका छन् । देउवाले विभागमा १० जना सदस्य मनोनीत गरेर विभागलाई पूर्णता दिएका हुन् ।

केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागको सदस्यमा  गीता सत्याल, उमा थापा, विनोद यादव, रविन राई, डा. हेमराज लामिछाने, पुरुषोत्तम नेपाल,राजु गुरूङ, बाबुकृष्ण सापकोटा,गोरख बहादुर सुनार र निर्प खड्कालाई मनोनीत गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै  सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा पनि सदस्यहरू मनोनयन गरिएको उनले जनाए ।  शिवप्रसाद हुमागाँइ प्रमुख रहेको नेपाली कांग्रेस सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागको सदस्यमा पनि १० जना मनोनीत गरेका छन् ।

देउवाले  कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनीत गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार