शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दै

· शुक्रबार, १० फागुन, २०८१ मा प्रकाशित
एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दै
फाइल फोटो ।
काठमाण्डौं, फागुन १० :

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज बिहान ११ बजे बैठक बस्ने सो पार्टीले जनाएको  छ ।  बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ।

केन्द्रीय कमिटी बैठक हिजोबाट सुरू हुने भनिएपनि पार्टी पोलिटब्युरो सदस्य एवम् संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएपछि स्थगित भएको थियो।

आज बस्ने केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन,पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा,संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत रहेका छन्।

मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले आज बस्ने केन्द्रिय कमिटी बैठकका लागि कार्यसूची तय गरेको हो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार