शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

क्रस कन्ट्री च्याम्पियनसिपमा भाग लिन एथलेटिक्स टोली पाकिस्तान जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
क्रस कन्ट्री च्याम्पियनसिपमा भाग लिन एथलेटिक्स टोली पाकिस्तान जाँदै
काठमाडौँ, फागुन ९ :

दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ ।

यही फागुन ११ गते हुने उक्त प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडी सहभागी हुँदैछन् । सिनियर खेलाडीमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठ छन् भने जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले भाग लिनेछन् ।

सिनियरमा १० किलोमिटर तथा जुनियरमा आठ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । नेपालले सिनियरमा व्यक्तिगत तथा जुनियरमा व्यक्तिगत र टिम इभेन्टमा सहभागिता जनाउने जनाइएको छ ।

प्रशिक्षकमा विमला रानामगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल रहेका छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बुधबार आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार