शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

केआईआईटीले सिर्जित समस्याको समाधान नगरे एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ फागुन, २०८१ मा प्रकाशित
केआईआईटीले सिर्जित समस्याको समाधान नगरे एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौं, फागुन ७ :

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ओडिसा घटना समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको छ ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनाप्रति चासो प्रकट गर्दै मन्त्रालयले समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको हो ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरे अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने जनाएको छ ।

गत आइतबार केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको  छानबिन गर्न माग गरेका नेपाली विद्यार्थीहरूप्रति कलेजका कर्मचारीहरूले ज्यादती गरेका थिए ।

विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार