शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

प्रधानमन्त्रीले पौडेल र आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
प्रधानमन्त्रीले पौडेल र आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिए
काठमाडौं, फागुन ५ :

प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेटेका छन् ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट भएर घाइते भएका अर्थमन्त्री  पौडेल र  मेयर  आचार्यलाई भेट्न प्रधानमन्त्री ओली आइतबार अपराह्व कीर्तिपुर अस्पताल पुगेका थिए ।प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका हुन् । 

केहीबेर अस्पताल बसेका प्रधानमन्त्री ओलीले उनीहरुको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिँदै उपचारमा कुनै कमि हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिएका थिए ।प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली सिधै कीर्तिपुर अस्पताल पुगेका थिए ।

शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरुको स्वास्थ्य अवस्था भने खतरा मुक्त रहेको चिकित्सकहरुले जनाएका छन् । संक्रमण हुन सक्ने भन्दै भेट्घाट भने पातलो बनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार