शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

घाइते पौडेल र आचार्यसँगको भेटघाट अस्पतालले रोक्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
घाइते पौडेल र आचार्यसँगको भेटघाट अस्पतालले रोक्यो
काठमाडौं, फागुन ५ :

कीर्तिपुर अस्पतालले उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँगको भेटघाट बन्द गरेको छ। हाल घाउको अवस्था सामान्य भएता पनि संक्रमणको जोखिम रहेको भन्दै अस्पतालले भेटघाट तत्कालका लागि रोक्ने निर्णय गरेको हो। 

अस्पतालका मेडिकल निर्देशक डा. निजीना ताम्राकार र निर्देशक डा. किशण किशोर नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै, "घाउको अवस्था ड्रेसिङ पछि मूल्यांकन गरिनेछ र यद्यपि स्थिति सामान्य देखिएको छ, संक्रमणको जोखिमका कारण भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरिएको छ" भनेका छन्।

शनिबार पोखरा पर्यटन महोत्सवको उद्घाटनको क्रममा भएको एक दुर्घटनामा बेलुन पड्किँदा उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्य घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि सोही दिन पोखराबाट कीर्तिपुर अस्पताल ल्याइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार