शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

भूमि अध्यादेश ल्याउँदा एमाले एक्लै अघि बढ्यो : विश्वकर्मा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
भूमि अध्यादेश ल्याउँदा एमाले एक्लै अघि बढ्यो : विश्वकर्मा
काठमाडाैं, फागुन ४ :

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले सत्तारुढ दलसँग छलफल नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन्।

उनका अनुसार अध्यादेश ल्याउने विषयमा एमाले र एमालेबाट मन्त्री बनेकाहरूले छलफल नगरी निर्णय गरेकाले अहिलेको परिस्थिति उत्पन्न भएको हो।

यद्यपि संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरू छलफलमा रहेको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले समेत दलहरूबीच विस्तृत छलफल गरेपछि मात्र अध्यादेश ल्याइनुपर्ने धारणा राखेको विश्वकर्माले उल्लेख गरे।

सरकार प्रतिस्थापन विधेयकमार्फत अध्यादेशका केही विषय संशोधन गर्न लचिलो बनेको पनि उनले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार