शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

ओली सरकारले ल्याएको अध्यादेश पारित हुन दिँदैनौं : अध्यक्ष नेपाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
ओली सरकारले ल्याएको अध्यादेश पारित हुन दिँदैनौं : अध्यक्ष नेपाल
फाइल फोटो ।
काठमाडाैं, फागुन ४ :

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई आफ्नो पार्टीले पारित हुन नदिने दाबी गरेका छन्।काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम नेकपा (एकीकृत समाजवादी) ले गरेको बताउँदै उनले सबैलाई यसबारे हेक्का राख्न चुनौती दिए।ओलीले ल्याएको अध्यादेश अहिले थन्किएको भन्दै अध्यादेश पारित हुन नदिन सफल भएको अध्यक्ष नेपालको दाबी थियो।

अध्यादेश रोक्नका लागि नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्दै विभिन्न राजनीतिक दलहरूसँग वार्ता चलिरहेको जनाउँदै उनले अझै पनि संसद् विघटनको प्रयास भइरहेको बताए। उनले नेकपा (एमाले) लाई 'केपी बाको' पार्टीको रूपमा चित्रित गर्दै एमाले अब कम्युनिस्ट पार्टीको चरित्र गुमाएको आरोप लगाए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार