शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

सदन र सडकबाटै भ्रष्टाचारविरुद्धको अभियान जारी राख्छौं : प्रचण्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
सदन र सडकबाटै भ्रष्टाचारविरुद्धको अभियान जारी राख्छौं : प्रचण्ड
संखुवासभा, फागुन ४ :

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानलाई सदन र सडक दुबै माध्यमबाट निरन्तर अघि बढाइने बताएका छन्।

नेकपा (माओवादी केन्द्र) दमक नगर समिति, झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई शनिबार सम्बोधन गर्दै उनले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्धको अभियान चलाएको स्मरण गराउँदै अब पार्टीकै तर्फबाट यो अभियानलाई देशव्यापी रूपमा तीव्र बनाइने बताए।

अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई अझै तीव्र पार्दै समाजवादी क्रान्तिको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

'मैले प्रधानमन्त्रीका रूपमा भ्रष्टाचार र विभेदविरुद्ध तथा सुशासन र सामाजिक न्यायका पक्षमा अभियान थालेको थिएँ। अहिले यो अभियान सरकारबाट मात्र होइन, अब पार्टी र जनताको साझा आन्दोलनको रूपमा अगाडि बढ्नेछ,' प्रचण्डले भने। उनले केही शक्तिहरू संविधान कमजोर पार्न खोजिरहेको आरोप समेत लगाए। 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार