शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

गाँजा र चसेससहित सात जना पक्राउ

· शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
गाँजा र चसेससहित सात जना पक्राउ
लुम्बिनी, फागुन ४ :

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो । 

प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागु औषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा लागु औषध र कारोबारमा सङ्लग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए । 

प्रहरीले धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षिय दीपक तामाङ, सोही स्थानका ३६ वर्षिय सुनबहादुर तामाङ, ३१ वर्षिय नक्कलबहादुर तामाङ, ४१ वर्षिय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगर बस्ने २५ वर्षिय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २३ वर्षिय २३ दीलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षिय जीवनाथ पाण्डे रहेका छन् । प्रहरीले लागुऔषध कारोबारमा संलग्न उनीहरुको थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार