शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

शिक्षिकाले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ फागुन, २०८१ मा प्रकाशित
शिक्षिकाले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते
प्रतिकात्मक तस्बिर ।
तनहुँ, फागुन १ :

तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका शिक्षिकाको यातनाबाट तीन जना विद्यार्थी घाइते भएका छन् ।

विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीया सुष्मा श्रेष्ठले यातना दिँदा कक्षा ४ मा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन् ।

कक्षाकोठामा होहल्ला गरेको भनी सजाय दिने क्रममा श्रेष्ठले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। 

उनले भने, “एक जना बालकलाई खाना पकाउने तातो पन्युले गालामा डाम्दा घाइते भएको भनि सामाजिक सञ्जालमा प्रशारण भएको थियो । त्यस सम्बन्धमा बुझ्दा अन्य दुई जना पनि पीडित भएको खुल्न आएको छ,” अधिकारीले भने ।

बालकहरूको अभिभावकबाट जाहेरी लिई निज लेखापाल एवं शिक्षिका सुष्मा श्रेष्ठलाई आज नियन्त्रणमा लिइ बालबालिका विरुद्धको कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार