शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ फागुन, २०८१ मा प्रकाशित
काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं, फागुन १ :

काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना भएको छ । शंकरापुर नगरपालिका-५ मा दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

चाबहिलस्थित एसएस एकेडेमीको बस मोडबाट पल्टिँदा उक्त दुर्घटना भएको हो। प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले दिएको जानकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूको नाम र थप विवरण खुलाइएको छैन

नगरकोटको पिकनिक खाएर फर्किंदै गरेको दुईवटा बस मध्ये एउटा दुर्घटनामा परेको हो।  दुईवटा बसमा  विद्यार्थी, शिक्षक शिक्षिका र कर्मचारी गरी ९२ जना सवार थिए । घटनास्थलमा तत्काल प्रहरी र स्थानीयवासी पुगेर उद्धार गरेका छन्।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ।के कारण दुर्घटना भयो भन्नेबारेमा खुलेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ।

केही दिनअघि काठमाडौंको दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा पनि स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार