शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

स्वर्गद्वारी गुठी मोही किसानलाई वार्तामा बस्न आह्वान : सरकारद्वारा समिति गठन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
स्वर्गद्वारी गुठी मोही किसानलाई वार्तामा बस्न आह्वान : सरकारद्वारा समिति गठन
काठमाडाैं, माघ ३० :

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको छ ।

मन्त्रालायका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले मंगलबार प्रेस विज्ञप्ति जारी गरी काठमाडौँको माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसानलाई वार्ताको लागि आह्वान गरेका हुन् ।

प्रवक्ता भट्टले भने, ‘यस सम्बन्धमा मन्त्रालयले विगतमा भएको सहमति कार्यान्वयनको लागि आवश्यक कारबाही अगाडि बढाइसकेको बेहोरा अनुरोध गर्दै आन्दोलनका क्रममा हाल उठाइएका विषयवस्तुलाई संवादको माध्यमबाट सम्बोधन गर्न सङ्घर्षरत पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गर्दछ ।’

मन्त्रालयले वार्ताका लागि यस मन्त्रालयका तर्फबाट सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव  महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहने गरी तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार