शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
मनाेरञ्जन कला भिडियो

ट्रेन्डिङमा बालेनको ‘नेपाल हाँसेको...’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
ट्रेन्डिङमा बालेनको ‘नेपाल हाँसेको...’
काठमाडौं, माघ ३० :

चलचित्र ‘लाज शरणम्’ को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।

यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ‘नेपाल हाँसेको...’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्‍याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ ।

कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुषी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ ।

बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो ।

‘लाज शरणम्’ ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङको संज्ञा दिएको छ । यो गीतले चलचित्रको हाइप थप बढाएको छ ।

चलचित्र ‘लाज शरणम्’ ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा...’ बोलको गीत सार्वजनिक गरेको थियो ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिशृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सीताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा छन् । फागुन १४ गते महाशिवरात्रिका दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतीक्षितमध्येको एक सिनेमा हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार