शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

दशौँ राष्ट्रिय खेलकुद : भारत्तोलन र जुडोका खेलाडी छनोट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
दशौँ राष्ट्रिय खेलकुद : भारत्तोलन र जुडोका खेलाडी छनोट
कैलाली, माघ ३० :

दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा भारत्तोलन र जुडोका खेलाडी छनोट भएका छन् । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा सोमबार विभिन्न प्रतियोगिताअन्तर्गत जुडो र भारत्तोलनका खेलाडी छनोट भएका हुन् । जुडोबाट दशौँ राष्ट्रिय खेलकुदका छनोट खेलमा सहभागी पुरुष र महिला खेलाडी प्रथम हुँदै छनोट भएका हुन् । 

जुडोमा पुरुषतर्फ ६० किलोमा कैलालीका चन्द्रबहादुर बोहोरा, ६६ किलोमा कैलालीका चेतेन्द्र बम, ७३ किलोमा कैलालीका हरि गोविन्द जोशी, ८१ किलोमा कैलालीका योगेन्द्र विष्ट, ९० किलोमा कञ्चनपुरका सुरेश गिरी, एक सय किलोमा कैलालीका रमेश चन्द र एक सयभन्दा बढी किलोमा कैलालीका चन्द्रप्रसाद चौधरी छनोट भएका परिषद्ले जनाएको छ ।

महिलातर्फ ४८ किलोमा कैलालीकी मीना सिंह, ५२ किलोमा कैलालीकी देवकी थापा, ५७ किलोमा कञ्चनपुरकी रञ्जना चौधरी र ७८ किलोमाथि कञ्चनपुरकी नेहा नेपाली छनोट भएका छन् । 

त्यस्तै भारात्तोलनतर्फ पुरुषमा ५५ किलोमा सिद्धार्थ चौधरी, ६१ किलोमा कञ्चनपुरका दिनेश घटाल, ६७ किलोमा कैलालीका सुदीप चौधरी, ७३ किलोमा कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ किलोमा कैलालीका नरेश चौधरी, ८९ किलोमा कञ्चनपुरका आरयन भण्डारी, ९६ किलोमा कञ्चनपुरकै प्रदीप भण्डारी, एक सय दुई किलोमा कञ्चनपुरका विजय जोशी, एक सय नौ किलोमाथि कञ्चनपुरका सुभास उपाध्याय रहेका छन् । 

महिलातर्फ ४५ किलोमा कैलालीकी सविना चौधरी, ५५ किलोमा कैलालीकी सुनिता चौधरी, ६४ किलोमा कैलालीकी अङ्किता चौधरी, ७६ किलोमा कञ्चनपुरकी चम्पा ठकुल्ला, ८१ किलोमा कैलालीकी सानम चौधरी १० औँ राष्ट्रियका लागि छनोट भएकी छिन् । 

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् भने चार सय ५० जना निर्णायक पनि सहभागी हुनेछन् । 

सुदूरपश्चिम प्रदेश सरकारले १० औँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भइरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए । छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । उनका अनुसार छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा हुनेछन् । 

कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो- खो, उसुलगायत खेलहरु भइरहेका छन् । 

त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्तीलगायत खेल भइरहेका छन् । प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ रहेका सिंहले जानकारी दिनुभयो ।     

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार