शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ माघ २२ गतेको राशिफल

· मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
२०८१ माघ २२ गतेको राशिफल
काठमाडौँ, माघ २३ :

 

मेष : सेवा गर्ने अवसर मिल्नेछ । सञ्चित धन खर्च हुने जोखिम रहेकाले सचेत रहनुहोला ।

वृष : आफूले गर्न लागेका योजनाबारे परिवारभित्र नभनेकै राम्रो । गणेशको पुजा गरेमा दिन सहज बन्नेछ । 

मिथुन : परिवारमा सुखशान्ति मिलेपनि साना कुराले मन अशान्त बन्ला । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। 

कर्कट : विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ । आज साथीभाइबाट धोका हुने जोखिम रहेको छ ।

सिंह : राजनीतिक व्यक्‍तिसँगको भेटमा सचेत भएर अगाडि बढ्नुहोला । स्वास्थ्यका लागि खानपानमा ख्याल गर्नुपर्नेछ ।

कन्या :  शिक्षामा गरेको प्रयास सफल बन्नेछ । ढाटेर कतै जातै हुनुहुन्छ भने परिवारको निगरानीमा पर्ने दिन छ ।

तुला : गर्न लागेका काममा परिवारबाट उचित सुझाव प्राप्त हुनेछ । सफलताले मनमा उत्साह मिल्नेछ ।

वृश्चिक : निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । नयाँ ठाउँमा लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ ।

धनु : सहकर्मीसँग आज थोरै बोल्नु उचित देखिन्छ । परिवारमा कुनै सदस्य आज वैदेशिक रोजगारीमा जाने दिन छ ।

मकर : परिवारसँग रमाइलो गरेर दिन बिताउने समय रहेको छ । लगानी गर्दा धेरै पटक सोच्नुपर्ने छ ।

कुम्भ : सहकर्मीबाट उचित सल्लाह पाउने योग छ । बिहान उठेर पिपलको बोटमा पानी चढाउँदा उत्तम हुनेछ ।

मीन : अरुका कुरा सुन्नु भन्दा आफ्नो काम खुरुखुरु गर्नु उचित हुनेछ । परिवारको सुझाव अनुसार काम गरेमा फाइदा हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार