काठमाडौं, माघ २२ :

कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकले सोमबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाबाट सामान्य प्रस्तावका रुपमा पेस गरिएको आव ०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव ०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाबलगायत वित्तीय विवरण र आव ०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ ।

बैंकले हाल देशभर तीन सय दुईवटा शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइहरु सञ्चालनमा छन् ।

बैंकले आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।