शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
कर्पोरेट

नेपाल भित्रियो मलेसियाली ब्रान्डको ‘सनबिम’ तेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
नेपाल भित्रियो मलेसियाली ब्रान्डको ‘सनबिम’ तेल
काठमाडौं, साउन ५ :

नेपाली बजारमा सनबिम ब्रान्डको सनफ्लावर तेल भित्रिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउन साइन नेपाल ट्रेडिङ कम्पनी प्रालिले सनबिम ब्रान्डको सनफ्लावर तेल भित्र्याइएको जनाएको छ ।

सनबिम खाने तेल उत्पादनका लागि अग्रणी मुलुक मलेसियाको ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड हो । राजधानीमा सोमबार आयोजित समारोहमा सनबिम ब्रान्डका सनफ्लावर तेल बिक्री सुरु भएको कम्पनीका प्रबन्ध निर्देशक बरुण लोहियाले जानकारी गराए ।

लोहियाका अनुसार सनबिम तेल एस.डी. गुथ्री मलेसियाबाट उत्पादन भएको हो ।  जुन विश्वकै ठुला खाद्यान्न तेल उत्पादकहरूमध्ये एक हो ।  सनबिम ब्रान्डको तेललाई नेपाली बजारमा नम्बर एक बनाउने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ ।

सनबिम सिंगापुरमा पहिलोपटक सनफ्लावर तेल ल्याउने ब्रान्डका रूपमा चिनिन्छ । यसले सनफ्लावर, क्यानोला, मकैको तेल (कर्न आयल), राइस ब्रान र नरिवलजस्ता प्राकृतिक स्रोतबाट उत्पादन गरिएका विभिन्न प्रकारका खाने तेलहरू उत्पादन गर्दछ ।

यी तेलको प्रयोगबाट खाना पकाउने स्वाद, बनावट, पोषण र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कम्पनीले जनाएको छ । विश्वकै ठूलो कम्पनीबाट नेपालमा गुणस्तरीय तेल आयात गर्ने साइन नेपाल ट्रेडिङ लोहिया ग्रुपअन्तर्गतको कम्पनी हो ।

संसारका ९० भन्दा बढी देशमा उपस्थिति रहेको एस.डी. गुथ्रीको दिगोपन र गुणस्तरप्रति प्रतिबद्धता अब नेपाली भान्सासम्म आइपुगेको प्रवन्ध निर्देशक लोहियाले बताए । साइन नेपाल ट्रेडिङले नेपालभरि विश्वस्तरीय एफएमसीजी सामग्रीहरूको आयात र वितरण गर्दै नेपाली उपभोक्तासमक्ष उत्कृष्ट उत्पादन पुर्याउने प्रतिबद्धता जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार