शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सले जित्यो

· शुक्रबार, १९ माघ, २०८१ मा प्रकाशित
नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सले जित्यो
काठमाडौँ, माघ १९ :

फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि  जनकपुर नाइट्सले जितेको छ ।

त्रिपुरेश्वोरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा जनकपुरले काठमाण्डू माभरिक्सलाई ४५- ४१ ले पराजित गर्दै उपाधि हात पारेको हो ।

यसअघि जनकपुर २३ अङ्कसहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । उसले लिग चरणमा चार खेल जित्दा काठमाण्डूसँग बराबरी खेलेको थियो । पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई ३४- ३२ ले हराउँदै फाइनलमा पुगेको थियो ।

उपाधिसँगै जनकपुरले पाँच लाख प्राप्त गरेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको काठमाण्डूले दुई लाख प्राप्त गरेको छ । पहिलोपटक भएको फ्रेन्चाइज कबड्डी लिगमा छ टिमको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार