शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

खो खो विश्वकप : नेपालका पुरूष र महिला टोलीले आज क्‍वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै

· शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
खो खो विश्वकप : नेपालका पुरूष र महिला टोलीले आज क्‍वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै
काठमाडौँ, माघ ५ :

भारतमा जारी खो खो विश्वकप अन्तर्गत आज (शुक्रबार) नेपालका पुरूष र महिला टोलीले क्‍वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै छन्।

महिलातर्फको क्‍वाटरफाइनलमा नेपालले इरानसँग खेल्ने छ भने पुरूषतर्फको क्‍वाटरफाइनलमा बङ्गलादेशसँग खेल्ने छ।

नेपाल र इरानको महिला टोलीबीचको क्‍वाटरफाइनल खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ। विजेताले युगाण्डा र न्युजिल्याण्डबीचको विजेतासँग सेमिफाइनल खेल्ने छन्।

त्यसैगरी नेपाल र बङ्गलादेशको पुरूष टोलीबीचको क्‍वाटरफाइनल खेल साँझ ६ बजे सुरु हुनेछ। विजेताले इरान र केन्याबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन्।

नेपालको महिला टोली समूह सी को विजेताका रूपमा क्‍वाटरफाइनलमा पुगेको थियो। 

त्यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेताका रूपमा क्‍वाटरफाइनलमा पुगेको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार