शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

पाँच महिनामा आगलागीमा परी १६ जनाको मृत्यु, २४५ जना घाइते

सक्रिय न्यूज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
पाँच महिनामा आगलागीमा परी १६ जनाको मृत्यु, २४५ जना घाइते
काठमाडौँ, माघ ४ :

पाँच महिनामा देशका विभिन्न जिल्लामा भएका आगलागीका घटनामा परि १६ जनाको मृत्यु भएको छ ।  

यो अवधिमा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले  आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए । 

उनका अनुसार आगलागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायाको क्षति भएको छ । 

आगलागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाइएको छ। आगलागीबाट करिब ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए । 

सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन् । 

दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै मङ्गलबार मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट दुई जना घाइते भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । 

दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्‍दा असावधानी लगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।
    

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार