शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ माघ २ गतेको राशिफल

· बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
२०८१ माघ २ गतेको राशिफल
काठमाडौँ, माघ ३ :

 

मेष : दैनिक काम सहजै बन्नेछन्। हरेक काममा स्वास्थ्यले साथ दिनेछ । गोपनीयता भङ्ग नगर्नु राम्रो हुनेछ।

वृष : दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक कार्यमा सहभागी हुने दिन छ ।

मिथुन : खर्च कटौती गर्नुपर्ने दिन छ । परिवारसँग बसेर रमाइलो गर्ने योजना बन्नेछ । पुराना साथीभाइसँग भेटघाटको अवसर जुट्ने छ ।

कर्कट : बोलीको प्रभावले अधुरा कामहरू बन्नेछन् । विपक्षी सक्रिय भएकाले कार्य गर्दा सचेत बन्नुपर्ने छ । घुमफिरका लागि यात्राको योजना बन्न सक्छ ।

सिंह : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : अरुको विषयमा चासो राख्ने बानीले ठुलो घाटा हुनसक्छ ।  वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्ने छ ।

तुला : सहकार्यको लगानीमा फाइदा हुने छ । साथीहरूले प्रशंसा गर्नेछन् । मन प्रसन्न रहने छ । प्रेम सम्बन्धमा समय दिनुपर्ने दिन छ ।

वृश्चिक : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सङ्कटमा परिवारको साथ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ । लगानीको क्षेत्रमा उत्साह बढ्नेछ । बिहानै तीर्थ यात्रामा निस्कने योजना बन्ने छ ।

मकर : दैनिक काम सहजै बन्नेछन् । साथीभाइको सहयोगले महत्त्वपूर्ण कामहरू बन्नेछन् । घरमा विदेशी पाहुनाको आगमन हुने छ ।

कुम्भ : परोपकारमा सक्रिय भइने छ । गुरुबाट सहयोग प्राप्त हुँदा मन भने सुखी हुनेछ । परिवारको साथ र सहयोग पाइने छ । 

मीन : दैनिक काम सहज भए पनि साथीहरूले धोका दिन सक्ने भएकाले सचेत बन्नुपर्ने छ ।  प्रेम सम्बन्धमा सुधार हुनेछ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार